काठमाडौं । यामाहा नेपालले आफ्नो अधिकृत वितरक एमएडब्लू राइड्समार्फत ‘यामाहा ब्लु फेस्ट’ पुनः आयोजना गर्ने भएको छ ।
यो कार्यक्रम चैत २९ देखि वैशाख ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।
कार्यक्रमको पहिलो दिन ब्रान्ड न्यू यामाहा एफजेड–एस न्यू जेनः लिड द नेक्स्ट सार्वजनिक हुने जनाइएको छ ।
पूर्ण दुईपाङ्ग्रे अनुभव प्रदान गर्नेगरी डिजाइन गरिएको ब्लु फेस्टले यामाहाका अपग्रेड गरिएका नयाँ हाइ(टेक मोटरसाइकल तथा स्कुटरहरू नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्नेछ ।
यस वर्ष एक्सचेन्ज कार्निभलको अनुभव पनि समावेश गरिएको छ, जसले ग्राहकहरूलाई सजिलो र विश्वसनीय रूपमा आफ्नो सवारी अपग्रेड गर्न थप सहज बनाउनेछ ।
आगन्तुकहरूले आफ्ना हाल चढिरहेका मोटरसाइकल ल्याएर ५० भन्दा बढी व्यवसायिक रिकन्डिसन हाउसहरूको सहयोगमा मूल्यांकन गराउन सक्नेछन् ।
ग्राहकहरूको पहुँच थप सहज बनाउन यामाहाले सरल र लचिलो फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको छ । ग्राहकहरूले नागरिकतामार्फत फाइनान्स सुविधा लिन सक्नेछन् । साथै ४० महिनासम्म विस्तार हुने सस्तो ईएमआई योजनाको लाभ पनि उठाउन सक्नेछन् ।
फेस्टमा खरिदकर्ताहरूले ५ लाखसम्मको क्यासब्याक अफर पनि पाउने जनाइएको छ।