दोहोरो अंकले घट्यो नेप्से, ८ अर्ब ९९ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.६ अंकले घटेर २३७.७७ विन्दुमा कायम भएको छ।

नेप्सेका अनुसार आज ३३५ कम्पनीको ९७ हजार ४० पटक कारोबारमा २ करोड १० लाख ८७ हजार ६२ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज कारोबार रकमको आधारमा सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । ५१ करोड ३२ लाख रुपैयाँको कारोबार भएको हाे । 

दोस्रो धेरै कारोबार रिलायन्स स्पिनिङ मिल्सको ४३ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, रिदी पावर कम्पनीको ३८ करोड १४ लाख रुपैयाँ, सोलु हाइड्रोपावरको ३६ करोड ८२ लाख रुपैयाँ र खाँखु खोलाको ३१ करोड ४६ लाख रुपैयाँको  कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् ।

शुक्रबार दुई उपसूचक बढेको छ भने बाँकी घटेका छन् । जलविद्युत ०.०८ र उत्पादन १.५९ प्रतिशतले बढेको छ । बैंकिङ ०.७४, विकास बैंक ०.६७, वित्त ०.६०, होटल तथा पर्यटन ०.४४, लगानी १.१२, जीवन बीमा ०.७१, माइक्रोफाइनान्स ०.७३, म्युचल फण्ड ०.४९, निर्जीवन बीमा ०.४८, अन्य १.३९ र व्यापार १.०६ प्रतिशतले घटेको छ ।

आज ८ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, पाल्पा सिमेन्टका लगानीकर्ताले १० प्रतिशतको दरले कमाएका छन् । त्यस्तै रिज लाइन इनर्जी, शिखर पावरका लगानीकर्ता ९.९९ प्रतिशतले कमाएका छन् ।

Share News