हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन, अध्यक्ष बने निरौला

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन गरिएको छ । संस्थापक सेयरधनी कम्पनीहरूको प्रतिनिधित्व गर्ने सञ्चालकहरूमा हेरफेर गरिएको हो ।

संस्थापक कम्पनीहरूबाट प्राप्त पत्रका आधारमा बुधबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालकहरू परिवर्तन गरेको कम्पनीका सचिव सन्तोष केसीले जानकारी दिए । आगामी वार्षिक साधारण सभासम्मका लागि उदयकुमार निरौला, दिपेन्द्रकुमार मिश्र र पृथ्वीराज थापालाई सञ्चालकमा मनोनयन गरिएको छ ।

यसअघि सञ्चालक रहेका शेखर गोल्छा, शाहिल अग्रवाल र रोहित गुप्ताको स्थानमा नयाँ नियुक्ति गरिएको हो ।

त्यसैगरी, सञ्चालक समितिको अध्यक्षमा उदयकुमार निरौलालाई चयन गरिएको छ । यसअघि अध्यक्ष रहेका गोल्छाले गत फागुन २५ गते पदबाट राजीनामा दिएका थिए भने सञ्चालक समितिले चैत ५ गते स्वीकृत गरेको थियो ।

Share News