सरकारले युवाको विदेश पलायन रोक्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले युवाहरुको विदेश पलायन रोक्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार संघीय सदनको दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै उनले पछिल्लो समय युवाहरुको विदेश पलायन बढेको उल्लेख गर्दै यसलाई रोक्न सरकारले तदारुकता देखाउनुपर्ने बताए । 

‘युवाहरुको पलायन दिनप्रतिदिन बढिरहेको छ, यसतर्फ सरकारले ध्यान दिन आवश्यक छ । स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी काम गर्नुपर्छ,’ उनले भने । 
 

उनले इतिहासकै अभूतपूर्व रुपमा संसदमा युवा वर्गको प्रतिनिधित्व भएको पनि बतााए । 

'निर्वाचनमार्फत नेपालको संसदीय इतिहासमा नै अभूतपूर्व रूपमा युवावर्गको प्रतिनिधित्वसहितको प्रतिनिधिसभा गठन भई नयाँ सरकारले कार्य प्रारम्भ गरिसकेको छ, यसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा युवापुस्ताको आकर्षण, विश्वास, सहभागिता र नेतृत्व विकास  भएको स्पष्ट सन्देश दिएको छ,' उनले भने । 

 

Share News