देशभरका विमानस्थलमा स्तनपान कक्ष, प्राथमिक उपचारदेखि स्यानिटरी प्याड उपलब्ध गराउन निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन विमानस्थलसहित देशभरका विमानस्थलहरूमा स्तनपान कक्ष र प्राथमिक उपचार कक्षदेखि यात्रुलाई दिने विभिन्न सेवामा थप सुधार गर्न निर्देशन दिएको छ । 

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । 

मन्त्रालयले देशभरका सम्पूर्ण विमानस्थलहरूमा सार्वजनिक माध्यम तथा यात्रुहरूबाट प्राप्त गुनासा र सुझावका आधारमा यात्रु सेवा, सरसफाई तथा मानवमैत्री पूर्वाधारमा व्यापक सुधार आवश्यक देखिएको भन्दै यस्तो निर्देशन जारी गरेको जनाएको छ । 

स्तनपान तथा शिशु हेरचाह कक्षअन्तर्गत  सफा, सुरक्षित तथा गोपनीयता सुनिश्चित भएको स्तनपान/बेबी–चेन्जिङ कक्ष सञ्चालन गर्ने वा आवश्यकता अनुसार स्तरोन्नति गर्नुपर्ने सूचनामा उल्लेख छ । 

त्यस्तै, बिरामी तथा विशेष आवश्यकता भएका यात्रुका लगि प्राथमिक हेरचाह कक्ष बिरामी, ज्येष्ठ नागरिक तथा अशक्त यात्रुका लागि प्राथमिक हेरचाह कक्षको व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ । 

त्यसैगरी, विमानस्थलमा महिला यात्रुहरूको आपतकालीन आवश्यकतालाई ध्यानमा राखी प्रमुख शौचालयहरूमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन मन्त्रालयको निर्देशन छ । null

Share News