काठमाडौं । महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो बनाएको आरोपमा राइड सेयरिङका चालक पक्राउ परेका छन् ।
राइड सेयरिङका चालकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ती राइडरले मोटरसाइकलमा सवार महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका थिए । घटना नक्सालस्थित भगवती बहाल मन्दिर अगाडिको हो ।
कुनै पनि भिडियो बनाउँदा वा प्रतिक्रिया व्यक्त गर्नुअघि अन्य व्यक्तिको मर्यादा, प्रतिष्ठा तथा चरित्रमा आँच आउने किसिमका कार्य नगर्न पनि नेपाल प्रहरीले अनुरोध गरेको छ ।