नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शीतलनिवासमा शुक्रबार आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वय गौरीकुमारी यादव र रामजी यादवलाई शपथ गराएका हुन् । 

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार नै उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।  जसअनुसार रामजी यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गौरीकुमारी यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

रामजी यादव सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरीकुमारी यादव महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।

Share News