व्यास नगरपालिकास्थित मादी नदीको निमार्णाधिन पुलको काम ७५ प्रतिशत सकियो

काठमाडौं । मुग्लिङ–पोखरा सडकखण्ड अन्तर्गत तनुहँको व्यास नगरपालिका ४ र ५ मादी नदीमाथि निमार्णाधिन पुलको काम ७५ प्रतिशत सकिएको छ ।

पुल निर्माण गरिरहेको अनक कन्ट्रक्शनका प्रतिनिधि दिनेशकुमार श्रेष्ठकाअनुसार पुलको मुख्य काम जेठ महिनाभित्र सकिनेछ । अन्य सामान्य काम मात्र बाँकी रहने उनले बताए । विभिन्न विवादमा कारणले पनि पुल निर्माण ढिलाई भएको उनको भनाइ छ । 

२०७९ साउन २६ मा निर्माण सम्पन्न भएको पुलको काम २०८२ भदौ २१ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । काम सम्पन्न नभएपछि २०८३ असार १९ गते सम्म म्याद थपिएको ए.डी. बीका आयोजना निर्देशक चुडाराज ढकालले जानकारी दिए । 

६ वटा स्पानको उक्त पुल ३ सय १५ मिटर लामो हुनेछ । पुल निर्माणका लागि एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको थियो । पृथ्वी राजमार्गको सबैभन्दा आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । विगतमा निर्वाचन लगायतका कारणले निर्माण ढिलाई भएपनि अब कामले गति लिन विश्वास निर्माण कम्पनीको छ ।   

Share News