खनिजजन्य उद्योगबाट उठ्यो २ अर्ब १४ करोड राजस्व

काठमाडौं । खनिजजन्य उद्योगबाट २ अर्ब १४ करोड रुपैयाँ राजस्व असुली भएको छ । यो रकम गत आर्थिक वर्ष र चालु आवको प्रथम ८ महिनाको हो । 

खानी तथा भू-गर्भ विभागका अनुसार चुन ढुङ्गा, रातो माटो, धातु, पत्थरलगायतका खनिजजन्य वस्तुको उत्खनन अनुमति तथा अनुमतिपत्र नवीकरणबाट उक्त रकम सङ्कलन भएको हो । 

गत आवमा विभागले चुन ढुङ्गा, टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट, तामा उत्खननको अनुमति दिएको थियो ।     

Share News