लापसे सेवन गरेका दुई जना चालक पक्राउ

काठमाडौं। लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने दुई जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार सार्वजनिक यात्रु वाहक सवारी साधन चलाइरहेको अवस्थामा चेकजाँचको क्रममा (हाईस) चालक १ जना र इभी माइक्रोबस चालक १ जनालाई नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली सहितको सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्यूरो र ट्राफिक प्रहरी प्रभाग बल्खुको संयुक्त टोलीले चेक गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा दुई जना चालक फेला परेका थिए । 

नियन्त्रणमा लिएका चालकलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी काठमाडौं पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

Share News