काठमाडौं । नेपाल प्रहरीले ट्राफिक जाम र रेड लाइटमा सवारीसाधनको इन्जिन अफ गर्न अनुरोध गरेको छ । प्रहरीले इन्धन बचत गरेर, खर्च घटाइ र वातावरणको संरक्षण गर्न आग्रह गरेको छ ।
‘अनावश्यक रुपमा सवारी साधन नचलाऔँ । सानो दूरीका लागि हिँडडुल गरौं,’ प्रहरीले भनेको छ ।
प्रहरीका अनुसार विश्वभर पेट्रोलियम पदार्थको अभाव भइरहेको छ । यस परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार हप्तामा दुई दिन सार्वजनिक बिदा लागू गरिएको छ ।
जिम्मेवार नागरिकको रूपमा रहेर इन्धन बचत गर्न प्रहरीले अनुरोध गरेको छ।