अन्ततः संसदीय दलको नेता चयन गर्न कांग्रेसले निर्वाचन गर्ने

काठमाडौं । नेपाली नेपाली कांग्रेसले प्रतिनिधिसभा दलको नेता चयन गर्न निर्वाचन गर्ने भएको छ । सर्वसहमतिबाट नेता चयन गर्ने मिहिनेत कांग्रेस नेताहरूले गरेपनि त्यसले परिणाम दिन नसकेपछि निर्वाचन हुने भएको हो । 

कांग्रेसका त्यसका लागि बैशाख ४ गते निर्वाचन गर्ने तयारी गरेको हो । निर्वाचनका लागि बैशाख २ गते निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी कांग्रेसको छ। 

निर्वाचन समितिका संयोजक समेत रहेका सहमहामन्त्री प्रकाश रसाइलीका अनुसार सो निर्वाचनका लागि कार्यतालिका वैशाख २ गते सार्वजनिक गरिनेछ ।

उनले दलभित्र सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयास भइरहेको भए पनि आवश्यक परे निर्वाचन प्रक्रियामा जानुपर्ने अवस्था रहने जानकारी दिए ।

कांग्रेस संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेले दाबी गरेका छन् । सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायत नेताहरूले सहमतिको प्रयास गर्दा पनि दाबेदारहरु कन्भिन्स नभएपछि चुनाव हुने भएको हो । 

सहमहामन्त्री रसाइलीले भने, 'सहमतिको प्रयास निरन्तर चलिरहेको छ । तर, सहमति नजुटेमा निर्वाचन अनिवार्य हुन्छ । एक मात्र उम्मेदवार भए सर्वसम्मत रूपमा नेता चयन हुन्छ, अन्यथा लोकतान्त्रिक प्रक्रियाबाट मतदानमार्फत संसदीय दलको नेता चयन गरिनेछ ।'

Share News