काठमाडौं । फोनपेले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गरेको छ ।
‘स्मार्ट मनी टक्स’ भन्ने मूल सन्देशलाई केन्द्रमा राख्दै सञ्चालन गरिएको अभियानमार्फत युवापुस्तालाई जिम्मेवार वित्तीय व्यवहार, डिजिटल सुरक्षा तथा स्मार्ट आर्थिक निर्णयबारे सचेत गराइएको फोनपेले जनाएको छ ।
फोनपेले ४ प्रदेशका ६ शहरका १२ कलेजमा १८ सत्रमार्फत एक हजार ९० भन्दा बढी तथा ५ प्रदेशका ९ शहरका २८ विद्यालयमार्फत चार हजार ९६१ भन्दा बढी विद्यार्थीलाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको जनाएको छ ।
कार्यक्रमअन्तर्गत मनोरञ्जनात्मक खेल, क्विज तथा नाटकजस्ता गतिविधिमार्फत विद्यार्थीलाई खर्च व्यवस्थापन, बचत र सही वित्तीय जानकारीबारे प्रशिक्षण दिइएको थियो ।
यसैक्रममा आयोजित ‘फाइनान्सियल लिटरेसी स्टुडेन्ट भिजिट’ कार्यक्रममा काठमाडौं उपत्यकाका ४० भन्दा बढी विद्यार्थीलाई फोनपेको कार्यालयमा आमन्त्रण गरी अन्तरक्रियात्मक खेलका साथै डिजिटल भुक्तानी र वित्तीय सुरक्षासम्बन्धी व्यावहारिक जानकारी प्रदान गरिएको थियो ।
फोनपेले डिजिटल माध्यममार्फत स्किट भिडियो, डिजी स्मार्ट कन्भर्स, इमेल–आधारित सामग्री, क्विज तथा ‘स्मार्ट मनी टिप्स’मार्फत पनि वित्तीय सचेतना फैलाएको जनाएको छ ।
फोनपेले यस्ता अभियानमार्फत सुरक्षित र जिम्मेवार डिजिटल अर्थतन्त्र निर्माणमा आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनमा पनि यस्ता पहललाई निरन्तरता दिने जनाएको छ ।