काठमाडौं । यामाहा नेपालले आधिकारिक वितरक एमएडब्लु ग्रुप मार्फत ‘यामाहा ब्लू फेस्ट’ सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा ग्राहक, डिलर तथा मोटरसाइकलप्रेमीलाई एकै स्थानमा ल्याउँदै आकर्षक ब्रान्ड अनुभव प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रमको उद्घाटन विष्णु कुमार अग्रवाल र ब्रान्ड एम्बेसडर अनुप विक्रम शाही ले संयुक्त रूपमा गरेका थिए ।
ब्लू फेस्टको मुख्य आकर्षण ‘लिड द नेक्स्ट’ थीमअन्तर्गत नयाँ यामाहा एफजेट एफआई न्यू जेनको आधिकारिक सार्वजनिकरण रहेको थियो । अध्यक्ष अग्रवालले उक्त मोडल सार्वजनिक गर्दै नेपालमा लोकप्रिय एफजेट सिरिजको नयाँ अध्याय सुरु भएको बताए ।
कार्यक्रममा बोल्दै उनले यामाहा मोटरसाइकलहरू प्रदर्शन, स्टाइल र उत्साह प्रदान गर्ने गरी निर्माण गरिएको उल्लेख गर्दै एफजेट सिरिज नेपाली राइडरहरूको विश्वासिलो रोजाइ बन्दै आएको बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवाल ले नयाँ मोडलमा ट्र्याक्सन कन्ट्रोल, सिंगल च्यानल एबीएस र वाई–कनेक्टजस्ता विशेषता समावेश गरिएको जानकारी दिए । उनका अनुसार एफजेट एफआई न्यू जेन स्टाइल, प्रविधि र प्रदर्शनको संयोजन खोज्ने नयाँ पुस्ताका राइडरलाई लक्षित गरी तयार गरिएको हो ।
कार्यक्रममा सेल्स हेड शैलेन्द्र अधिकारी ले ब्लू फेस्ट अन्तर्गत उपलब्ध अफर, मूल्य संरचना तथा नयाँ मोडलका विशेषताबारे जानकारी दिएका थिए ।
ब्लू फेस्टअन्तर्गत आयोजित एक्सचेन्ज कार्निभलमा ग्राहकले आफ्ना पुराना मोटरसाइकल साट्न सक्ने सुविधा पाएका थिए । ५० भन्दा बढी रिकन्डिसन हाउसको सहभागितामा बजारअनुसारको मूल्याङ्कनसहित एक्सचेन्ज सुविधा उपलब्ध गराइएको थियो ।
त्यसैगरी, ग्राहकले नागरकितामार्फत तुरुन्त फाइनान्सिङ सुविधा, अधिकतम ४० महिनासम्मको ईएमआई विकल्प तथा ब्लू फेस्ट योजनाअन्तर्गत अधिकतम ५ लाख रुपैयाँसम्म क्यासब्याक सुविधा प्राप्त गरेका थिए ।
कम्पनीले ब्लू फेस्टमार्फत ग्राहकलाई पूर्ण ब्रान्ड अनुभव प्रदान गर्नुका साथै इनोभेसन र राइडर सन्तुष्टिप्रतिको प्रतिबद्धता दोहोर्याएको जनाएको छ ।