काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । आइतबार सार्वजनिक भएको सम्पत्ति विवरणमा यो उल्लेख गरेका हुन् ।
उनले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाललाई मानेका छन् । उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन् ।
धानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख छ ।
सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला गरगहना रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त सम्पत्ति प्राप्तिको स्रोत ‘पैत्रिक’ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।