परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन, कति छ सम्पत्ति ?

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । विवरणअनुसार काठमाडौंको टोखा नगरपालिका-१० मा ६ आनामा बनेको घर रहेको छ, जुन २०५८ सालमा ३ लाख रुपैयाँमा खरिद गरिएको हो । उक्त घर सुर्यभक्त खनालको नाममा रहेको उल्लेख गरिएको छ ।

जग्गातर्फ सुर्यभक्त खनालकै नाममा तनहुँमा १५ रोपनी पैतृक जग्गा रहेको छ । साथै पूर्व नवलपुरको देवचुलीमा १३ रोपनी र नेपालगञ्जमा २ कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख छ ।

खनालसँग २२ तोला सुन, २५ तोला चाँदी र १० लाख रुपैयाँ नगद रहेको छ।

बैंक मौज्दाततर्फ एमएमबि बैंकमा ३ लाख २० हजार रुपैयाँ, नबिल बैंकमा २ लाख १ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा २ लाख ६८ हजार रुपैयाँ, एनआईसी एशिया बैंकमा ४ लाख ५१ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकमा १७ हजार रुपैयाँ रहेको छ। साथै अच्युता अधिकारीको नाममा एभरेष्ट बैंकमा ४३ हजार रुपैयाँ र नबिल बैंकमा ४ हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ।

लगानीतर्फ पिक एण्ड ड्रप नेपालमा ३३ प्रतिशत, रिग्मा इन्टेल प्रालिमा १०० प्रतिशत, ताजा एग्रो फार्ममा १६ प्रतिशत स्वामित्व रहेको छ। साथै बीपीडब्ल्यु माइक्रोफाइनान्समा २ हजार ५६० कित्ता र ओम मेगाश्री फर्मास्युटिकल्समा ५ हजार कित्ता सेयर रहेको छ ।

सवारी साधनतर्फ मन्त्री खनालसँग ४० लाख रुपैयाँ मूल्य बराबरको डोङफेङ भिगो कार रहेको छ।

Share News