यातायातमन्त्री सुनिल लम्सालको सम्पत्ति: ९० लाख बैंक ब्यालेन्स, ३० तोला सुन र विभिन्न जिल्लामा जग्गा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवं सहकारी विकास मन्त्री सुनिल लम्सालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण अनुसार मन्त्री लम्सालसँग उल्लेख्य बैंक मौज्दात, सुनचाँदी र विभिन्न जिल्लामा घरजग्गा रहेको छ ।

लम्सालसँग ९० लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको उल्लेख गरेका छन् । सार्वजनिक सम्पत्ति विवरणमा उनीसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख  छ ।

उनले परिवारका सदस्यका नाममा रुपन्देहीमा १ कठ्ठा १० धुर जग्गामा घर, नवलपरासीमा १० कठ्ठा १५ धुर जग्गा, स्याङ्जामा ७ रोपनी खेत, २२ रोपनी बारी रहेको उल्लेख गरेका छन् । 

Share News