काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आफूसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको खुलाएका छन् । सार्वजनिक सम्पत्ति विवरणमा उनले सुन र चाँदी पैतृक र विवाहबाट प्राप्त भएको खुलाएका छन् ।
त्यस्तै, उनले विभिन्न बैंकमा ५८ लाख ६४ हजार ६३६ रुपैयाँ ब्यालेन्स रहेको उल्लेख गरेका छन् ।
त्यस्तै, सेयरमा १ करोड ४५ लाख ४८ हजार ४२० रुपैयाँ रहेको विवरण छ । उनीसँग गाडी, स्कुटर र इभी गाडी रहेको पनि उल्लेख छ ।