काठमाडौं । समाज कल्याण परिषदले पत्रकार ऋषि धमला अध्यक्ष रहेको रिपोर्टर्स क्लबमा ताला लगाएको छ । परिषदले उनले वर्षौंदेखि भाडा नतिरेको भन्दै भृकुटी मण्डपस्थित कार्यालयमा ताला लगाएको हो ।
पत्रकार धमलाले परिषदको कार्यालयलाई भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएका थिए । सोमबार सो कार्यालयमा भाडा नतिरेको भन्दै ताला लगाइएको हो ।
रिपोर्टर्स क्लबसँगै परिषद अन्तर्गत रहेका भृकुटीमण्डपमा रहेका २० वटा स्टलमा तालाबन्दी गरिएको छ ।
भाडा नतिर्ने ५६ वटा स्टलमध्ये २० वटामा आज समाज कल्याण परिषद्का कर्मचारीले सुरक्षाकर्मीको सहयोगमा तालाबन्दी गरेका हुन् ।
सम्बन्धित सामग्री:
नेविसङ्घ, पर्यटन बोर्डसहित ५१ व्यक्ति तथा संस्थाले तिरेनन् भृकुटीमण्डपको करोडौं भाडा (सूचीसहित)