काठमाडाै । प्रधानमन्त्री बालेन साहले मातातीर्थ औँसीको अवसरमा सम्पूर्ण नेपाली आमाहरूप्रति शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री साहले माता र मातृभूमि स्वर्गभन्दा पनि महाने हुने बताएका हुन् ।
प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा नेपाल आमा हाँसेको हेर्न चाहन्छु भन्दै देश र आमाप्रति सम्मान प्रकट गरेका छन् ।
नेपाल आमाको सधैं उज्यालो मुहार रहोस् भन्ने कामना गर्दै उनले सबैले आफ्ना आमालाई सधैं खुसी राख्न सकून् भन्ने शुभेच्छा पनि व्यक्त गरेका छन् ।