३ हजारले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा शुक्रबार (आज) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला ३ हजार र चाँदी १२० ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९९ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ५ हजार १३० कायम भएको छ । 

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला ३ लाख २ हजार ८०० र त्यति नै परिमाणको चाँदी ५ हजार २५० मा कारोबार भएको थियो । 

गत बुधबार छापावाल सुनको मोल प्रतितोला ३ लाख दुई हजार ७०० र त्यति नै परिमाणको चाँदी ५ हजार २२० मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार ८२० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Share News