बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीकै मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढी ३ लाख २ हजार ८०० रुपैयाँ पुगेको छ । 

आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला ६ हजार रुपैयाँ बढेको थियो भने चाँदीको भाउ ३२० रुपैयाँले बढेको थियो । 

हिजो सुनको भाउ तोलाको तीन लाख दुई हजार ७०० र चाँदीको मूल्य ५ हजार २२० रुपैयाँ थियो । 

गत माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।

Share News