काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारायण कुमार भट्टराई नियुक्त भएका छन् ।
बैशाख १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भट्टराईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
भट्टराई यसअघि साबिक गुराँस लाइफ इन्स्योरेन्समा पूर्वसीईओका रूपमा कार्यरत थिए । बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका उनी नेतृत्वदायी भूमिकामा परिचित छन् ।
उनको नियुक्तिसँगै कम्पनीले संस्थागत सुदृढीकरण, सेवा विस्तार तथा व्यवसायिक प्रतिस्पर्धामा थप प्रभावकारी ढंगले अघि बढ्ने अपेक्षा गरिएको छ ।