काठमाडौं । भाटभाटेनी सुपर मार्केटमा किनमेल गर्दा दुई जनाले विद्युतीय सवारी - टाटा पन्च ईभी जितेका छन् । स्टोरमा २५ सय रुपैयाँ बराबरको किनमेल गर्दा दुई जनाले टाटा पन्च ईभी जितेका हुन् ।
दसैँ, तिहार र छठको अवसर पारेर सपिङ गर्दा टाटाको ‘पन्च ईभी’ जित्न सकिने योजनाको सोमबार पुरस्कार घोषणा गरिएको हो । उक्त योजना अन्तर्गत कलंकीकी रोशनी सिंह तथा नेपाल पेबाटै क्यूआर गरी सामानको मूल्य तिर्ने पाटनकी समिता प्रधानले टाटाको पन्च ईभी जितेका हुन् ।
टाटा मोटर्स नेपालका लागि अधिकारिक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ र भाटभाटेनीबीच सहकार्य गरी ग्राहकलाई चाडपर्वको अवसरमा सामान किन्दा कार जित्ने योजना ल्याइएको थियो ।
‘भाटभटनीबाट किनमेल गरौँ, टाटा पन्च ईभी जितौँ भन्ने नारासहित स्किमको लाभ पुषको १६ गतेसम्म भाटभटेनीमा सामान किनमेल गर्ने ग्राहकले लिएका थिए ।