२५.८१ अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार सूचक २५.८१ अंकले घटेर २७४४.४५ विन्दुमा रोकिएको छ । 

आज १ करोड २१ लाख कित्ता किनबेचपछि ४ अर्ब ९८ करोडको कारोबार भएको छ।

बुधबार ३० वटा सेयर बढ्दा २३५ वटा घटेका छन् भने ४ वटाको मूल्य स्थिर छ । 

आज शिखर पावरको मूल्य सबैभन्दा धेरै ९.९२ प्रतिशत घट्यो । पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ७.७९, त्रिशुली जलविद्युतको ६.९८ तथा झापा इनर्जीको ५.८३ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, पाल्पा सिमेन्ट इन्डस्ट्रिज, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर र नेसनल हाइड्रोपावर छन् ।

व्यापार १.०९ तथा विकास बैंक ०.१४ प्रतिशत बढे । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.२४ प्रतिशत घट्यो । बैंकिङ ०.७६, फाइनान्स ०.६४, होटल तथा पर्यटन १.६४, हाइड्रोपावर १.४५, लगानी ०.६६, जीवन बीमा ०।८४, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा १.११ तथा अन्य समूह ०.९२ प्रतिशत घटे ।

कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १३.८१ प्रतिशत बढ्यो । लक्ष्मी लघुवित्तको २.६६, धौलागिरि लघुवित्तको २.३३, भुजुङ हाइड्रोपावरको २.२६ प्रतिशत मूल्य बढ्यो ।

Share News