नेपाल कम्युनिभर्सिटीले सुरु गर्यो स्नातकोत्तर तहको ‘एमएसआईई’ कार्यक्रम

काठमाडौं । नेपाल कम्युनिभर्सिटीले सामाजिक नवप्रवर्तन तथा उद्य्यमशिलता (एमएसआईई) विषयको स्नातोकोत्तर शैक्षिक कार्यक्रम सुरु गरेको छ । काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा उक्त कार्यक्रम सुरु गरिएको हो ।

यो कार्यक्रम अक्टोबरदेखि विभिन्न शैक्षिक पृष्ठभूमिका ३० जना विद्यार्थीको सहभागितामा सुरु हुनेछ भने पढाइ कक्षाकोठाभन्दा बाहिर हुनेछ । यो कार्यक्रमको पाठ्यक्रम समुदाय नै पाठ्यक्रम र अनुभवजन्य सिकाइको आधारमा गरिने जनाइएको छ । 

कार्यक्रममा विद्यार्थीले नेपालको तीन फरक भौगोलिक क्षेत्रमा प्रत्यक्ष अनुभवमार्फत अध्ययन गर्ने अवसर पाउनेछन् । 

यो कार्यक्रमले पाठ्यक्रमलाई हिमाल, पहाड र तराई गरी तीन त्रैमासिक चरणमा विभाजन गरेको छ, जसअनुसार विद्यार्थीले मुस्ताङ, चित्लाङ र जनकपुरमा गई अध्ययन गर्नेछन् । तीन ठाउँमा गएर अध्ययन गरिसकेपछि काठमाडौंमा क्यापस्टोन सेमिस्टर सम्पन्न गरिनेछ । 

कार्यक्रमको उद्घाटनसत्रमा बोल्दै  नेपाल कम्युनिभर्सिटीका अध्यक्ष नरोत्तम अर्यालले  विश्वस्तरमा  सक्षम शिक्षा निर्माण गर्न यो कार्यक्रम सुरु गरेको बताए । 

‘हामी यो कायृक्रम मार्फत त्यस्ता व्यक्तिको विकास गर्दैछौं जसले आफूलाई चिनेको, समाजलाई बुझेको र उद्यमशील सोच बोकेका हुनेछन्,’ अर्यालले भने ।

काठमाडौं विश्वविद्यालय कला संकायका डीन प्रा.डा. उद्धव प्याकुरेलले यो कार्यक्रममार्फत विद्यार्थीले नेपालभित्र विद्य्यमान सम्भावना  पहिचान गर्ने र वास्तविक समस्याहरूको समाधान खोज्ने तथा समूदायमा आधारित अर्थपूर्ण समाधान विकास गर्ने विश्वास व्यक्त गरे।

यस्तै कार्यक्रममा बोल्दै ग्लोबल इन्स्च्यिुट फर इन्टरडिसिप्लिनरी स्टडिजका संस्थापक डा। उत्तमबाबु श्रेष्ठले कोर्सको विशेष ध्यान समुदाय, प्रकृति र गाउँहरूमा केन्द्रितरहेको उल्लेख गर्दै प्रविधि, एल्गोरिदम र सहरतर्फ तीव्र रूपमा अघि बढिरहेको समाजको सन्दर्भमा यसको महत्व रहेको बताए । 

यो कार्यक्रमका लागि आवेदन प्रक्रिया औपचारिक रूपमा खुला गरिसकेको छ । जसमा मानविकी, विज्ञान, व्यवसाय वा प्रविधि जुनसुकै शैक्षिक पृष्ठभूमिका विद्यार्थीले आवेदन दिन पाउनेछन् । 

यो कार्यक्रमले नेपालको उच्च शिक्षा क्षेत्रमा सम्भावनाको सशक्त भावना जागृत गर्ने राष्ट्रिय स्तरको प्रयासको रूपमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Share News