कक्षा १० का विद्यार्थीको सिकाइ स्तर कमजोर

काठमाडौं । कक्षा १० को सिकाई उपलब्धि कमजोर रहेको पाइएको छ ।

शैक्षिक गुणस्तर केन्द्रले कक्षा १० का विद्यार्थीहरूको सिकाइ उपलब्धिबारे २०८१ मा गरेको परीक्षणमा गणित, विज्ञान तथा प्रविधि, नेपाली र अंग्रेजी विषयमा क्रमशः २०.४, २९.४, २५.९, १२.२ प्रतिशत विद्यार्थीहरू कक्षा तहभन्दा तल रहेका पाइएको हो ।

महालेखापरीक्षकको कार्यालयले गुणस्तर परीक्षण न्यून सङ्ख्यामा गरेको र सिकाइ उपलब्धि स्तर कमजोर रहेकाले सिकाइ उपलब्धि बढाउन विशेष कार्यक्रम सञ्चालन गर्न सुझाव दिएको छ ।

शिक्षा ऐन, २०२८ को दफा ७ (ख) मा विद्यालयको गुणस्तर परीक्षण गर्ने व्यवस्था छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल कायम ३५ हजार ४ सय ४७ विद्यालयमध्ये विगत १४ वर्षको अवधिमा ३.५,८ र १० कक्षाका विद्यार्थीहरूको सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण गरेको देखिन्छ ।  

Share News