काठमाडौं । नेपाल बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा शोभाकान्त पौडेल नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिको जेठ १ गतेको निर्णयअनुसार पौडेल अध्यक्षमा नियुक्त भएका हुन् । मंगलबार उनले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
अर्थमन्त्रालयको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेकी सञ्चालक माया आचार्यले दिएको राजीनामा स्वीकृत भएपछि उक्त पद रिक्त बनेको थियो । त्यसपछि पौडेलको नियुक्ति गरिएको बैंकले जनाएको छ ।
यसअघि अध्यक्ष रहेका प्रा. डा. डिल्लीराज शर्माले गत वैशाख २४ गते राजीनामा दिएका थिए । जेठ १ गतेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको थियो ।