चाइनिज महिलाको उजुरीपछि हेली रिसोर्टमा प्रहरी

काठमाडौं । सिन्धुपाल्चोकको हेली रिसोर्टमा एक चाइनिज लुटिएपछि प्रहरी पुगेको पाइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार फागुन महिनामा चाइनिज महिला लुटिएको उजुरी परेपछि प्रहरी पुगेको हो ।

कार्यालय स्रोतका अनुसार चाइनिज महिलाले आफू बसेको होटलमा लुटपाट भएको भनेर उजुरी दिएकी थिइन् । 

फागुन महिनामा चाइनिज महिलामाथि लुटपाट भएको हो । उजुरीमा होटलका स्टाफसहितले लुटपाट गरिएको उल्लेख गरिएको छ । 

उजुरी परेपछि घटनाको बारेमा अध्ययन गर्न सीसीटीभी फुटेज लिन प्रहरी गएको स्रोतले विकासन्युजलाई बतायो।
 

Share News