क्यान महासंघको कार्यवाहक अध्यक्षमा चिरञ्जीवी अधिकारी

काठमाडौं । कम्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्षको जिम्मेवारी चिरञ्जीवी अधिकारीले पाएका छन् ।

सुनैना घिमिरे पाण्डेले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएपछि अधिकारीले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

यसभन्दा अगि उनी वरिष्ठ उपाध्यक्ष एवं आइसीटी नीति संयोजकको रूपमा कार्यरत थिए ।

अधिकारी साइबर सुरक्षा अभियन्तासमेत हुन् । 

नेपाली प्रविधि उद्योगका आन्तरिक र संरचनागत समस्याहरूलाई नजिकबाट बुझेका अधिकारीले स्थानीय, प्रादेशिक र राष्ट्रिय समितिहरूमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका छन् ।

उनले यसअघि क्यान महासंघ चितवन शाखाको संस्थापक कोषाध्यक्ष हुँदै केन्द्रीय कार्यसमिति सदस्य, सचिव, महासचिव, र उपाध्यक्षको रूपमा प्रादेशिक पूर्वाधार विकास तथा सार्वजनिक(निजी प्राविधिक साझेदारीको प्रवद्र्धनमा भूमिका खेलेका थिए।

साथै युवा नेपाली नवप्रवर्तकहरूलाई मूलधारको प्रविधि अर्थतन्त्रमा भित्र्याउन उनले युथ इन आइसिटी समितिको संस्थापक संयोजकको रूपमा पहिलो संस्थागत माध्यमको निर्माण समेत गरेका थिए ।

Share News