काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गणेशकुमार केसी नियुक्त भएका छन् ।
जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले केसीलाई आगामी चार वर्षका लागि सीईओकाे पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीका सचिव पुस्कर जिसीले जानकारी दिएका छन् ।
केसीले जेठ ११ गतेदेखि नै कार्यभार सम्हालिसकेका छन् ।