एनआईसी एशिया बैंकले धनुषाको विद्यालयलाई दियो शैक्षिक सामग्री

काठमाडौं । एनआईसी एशिया बैंकले धनुषाको महेन्द्रनगरस्थित दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको छ ।

विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ ।

१३८ भन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयका लागि बैंकका जनकपुर सर्कल हेड उत्सुक राज श्रेष्ठले जेठ १२ गते आयोजित एक कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक ममता पण्डितलाई झोला लगायत अन्य शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सितेश कुमार झा, शिक्षक–शिक्षिका, विद्यार्थीहरू तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैंकले उपलब्ध गराएको सहयोगले विद्यार्थीहरूको अध्ययनमा सहजता ल्याउनुका साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ ।

Share News