पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जीविरुद्ध एफआईआर दर्ता

काठमाडौं । भारतको पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जीविरुद्ध एफआईआर दर्ता भएएको छ ।

भारतीय जनता पार्टीकी नेता तथा अधिवक्ता रिंकी चटर्जी सिंहले सिलीगुडी साइबर क्राइम थानामा उजुरी दर्ता गराएकी हुन् । 

ममताले धार्मिक भावनामा चोट पुर्याएको भनिएको टिप्पणीलाई लिएर उजुरी दर्ता गरिएको हो ।

प्रहरीका एक अधिकारीले यसको पुष्टि गरे ।

उजुरीकर्ताले सिलीगुडीमा पत्रकारहरूसँग भनिन्, ‘​​​​प्रहरीले सुरुमा उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो । तर पटक-पटकको प्रयासपछि यसलाई दर्ता गरियो ।’ 

प्रहरीका अनुसार उजुरीकर्ताले ममताले सन् २०२५ मा एउटा धार्मिक कार्यक्रम र विधानसभा चुनावअघि कोलकाताको धर्मतल्ला क्षेत्रमा आयोजित र्यालीमा दुईवटा यस्ता टिप्पणीहरू गरेकी थिइन्, जसले हिन्दूहरूको भावनामा चोट पुर्याएको उल्लेख गरेकी छन् ।

प्रहरीका एक अधिकारीले बताए अनुसार उजुरीकर्ताले ममताले एउटा कार्यक्रममा ुएक विशेष समुदायले चाहेमा पाँच मिनेटमा अर्को समुदायलाई समाप्त पार्न सक्छु भनेर बोलेको दाबी गरेकी छन् ।

प्रहरीका अनुसार ममता बनर्जीविरुद्ध भारतीय न्याय संहिता (बीएनएस) को धारा ३५१ (१), ३५२ र ३५३ (२) अन्तर्गत एफआईआर दर्ता गरिएको छ ।

धारा ३५१  (१) आपराधिक धम्कीको अपराध र धारा ३५२ शान्ति भंग गर्ने मनसायले जानाजानी अपमान गर्ने अपराधसँग सम्बन्धित छ ।

Share News