काठमाडौं । भक्तपुर काँडाघारीका अविरल पराजुली कक्षा ११ मा विज्ञान विषय लिएर पढ्ने योजनामा छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ३.६६ जीपीए ल्याएर पास भएपछि उनी विज्ञान विषय पढाइ हुने उत्कृष्ट कलेज खोजी गर्दै उपत्यकाका विभिन्न कलेजमा पुगे ।
जहाँ पढ्ने वातावरण सहज होस्, पढाइका लागि आवश्यक ल्याबदेखि दक्ष शिक्षक पर्याप्त छन् र शिक्षकको व्यवहार साथीजस्तै हुन्छ, त्यस्तै स्कुल रोज्ने उनको योजना थियो ।

अविरल पराजुली ।
यसैक्रममा उनी मंगलबार चावहिलमा रहेको टेक्सास इन्टरनेसनल कलेज पुगे । उनलाई यो कलेज मन पर्यो । साथीसँगै कलेज आएका उनले कक्षाकोठा, ल्याब, खेल्ने ठाउँ हेरिसकेपछि अब टेक्सास स्कुल रोज्ने योजना बनाएका छन् ।
‘ल्याब, कक्षाकोठा, लाइब्रेरी, सबै हेरेँ राम्रो लाग्यो, अब धेरै कति स्कुल/कलेज घुमिरहनु ? अब यहीँ पढ्ने सोच बनाएँ,’ अविरलले भने ।
काभ्रेका संयोग तामाङ आमासँगै टेक्सास कलेज पुगेका थिए । ३.८१ जीपीए ल्याएर एसईईमा पास भएका संयोगले पनि कलेजको भ्रमण गरे । उनले त्यहाँका शिक्षक, विद्यार्थी, काउन्सिलरसँग कुराकानी गरिसकेपछि टेक्सास पढ्ने योजना बनाएका छन् ।
व्यवस्थापनबाट कम्प्युटर साइन्स विषय लिएर पढ्ने योजना बनाएका तामाङ यो विषयका लागि यो कलेज उत्कृष्ट रहेको बताउँछन् । ‘मेरो साथी पनि पहिले यही स्कुलमा पढेका थिए, उनीहरू राम्रै नम्बर ल्याएर पास पनि भए । अब म पनि यही पढ्ने योजनामा छु,’ उनले भने ।
महोत्तरीको रूपेश पण्डित बहिनीको लागि राम्रो कलेजको खोजीमा थिए । कम्प्युटर साइन्स लिएर पढ्ने योजना बनाएकी बहिनीका लागि सही कलेज टेक्सास हुनसक्ने भन्दै उनी यो कलेज पुगेका हुन् । कलेज भ्रमण गरिसकेका रूपेश भन्छन्, ‘कलेजको व्यवस्थापन राम्रो रहेछ, यहाँका शिक्षकहरू सहयोगी हुनुहुँदो रहेछ, मलाई कलेज राम्रो लाग्यो ।’

अविरल, संयोगजस्तै धेरै विद्यार्थी टेक्सास कलेजमा पुग्छन् । कोही साथीभाइसँग त कोही विद्यार्थी अभिभावकसँग भ्रमणका लागि पुग्ने गर्छन् ।
सक्रिय पूर्व विद्यार्थी
टेक्सासमा कक्षा ११/१२ पढेका धेरैजसो विद्यार्थी नयाँ पढ्न आउने विद्यार्थी तथा अभिभावकलाई परामर्श गरिरहेका छन् । उनीहरूले कक्षाकोठामा शिक्षकले विद्यार्थीलाई गर्ने व्यवहार, विद्यालयमा सिकाइने विषय लगायत पुरै कलेजको वातावरणबारे विद्यार्थीलाई बुझाउँछन् ।
साथै उनीहरूले विद्यालयमा आएका विद्यार्थी र अभिभावकलाई विद्यालयमा भएका ल्याब, कक्षाकोठा, लगायतका ठाउँहरू देखाउँदै पुरै विद्यालय भ्रमण गराउँछन् । विद्यार्थीसँगसँगै कलेजले राखेका परामर्शदाता र शिक्षकहरूले पनि विद्यार्थीलाई परामर्श दिने काम गरिरहेका छन् ।

कञ्चनपुरका विवेक खड्का अहिले कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा छन् । टेक्सासमै बिजनेस स्टडिज लिएर प्लस टु पढेका उनी कक्षा ११ मा भर्ना हुन आउने नयाँ विद्यार्थीलाई कलेजका बारे जानकारी दिने काम गर्छन् ।
भन्छन्, ‘धेरै विद्यार्थीहरू आउनुहुन्छ, स्कुलबारे बुझ्नुहुन्छ । कतिपयलाई हामीले परामर्श गर्छौं, कतिपयलाई सरहरूले काउन्सिलिङ गर्नुहुन्छ, दिनहुँ धेरै विद्यार्थी र अभिभावक आइरहनुहुन्छ, उहाँहरूलाई हामी पुरै विद्यालय भिजिट गराइरहेका छौं ।’

फिजिक्स ल्याबदेखि कम्प्युटर ल्याबको व्यवस्था
कक्षा १२ को परीक्षा दिएर बसिरहेकी गोर्खाकी अनुशा ठकुरी अहिले टेक्सासमा कक्षा ११ भर्ना हुन आउने विद्यार्थीलाई विद्यालय भ्रमण गराउँछिन् । यही कलेजमा पढेकी उनी आफ्नो अनुभव सेयर गर्दै विद्यार्थीलाई कलेजमा भएका ल्याबबारे जानकारी गराउँछिन् ।

अनुसा ठकुरी ।
उनी यो कलेजमा ११/१२ का विज्ञान विषय लिएर पढ्ने विद्यार्थीका लागि आवश्यक ल्याबको व्यवस्था रहेको बताउँछिन् । उनी धेरै कुराहरू पढेरमात्र नभइ व्याहारिक रूपमा पनि लागू गर्नुपर्ने हुँदा ल्याबमा आएर अभ्यास गर्न मिल्ने बताउँछिन् । कलेजमा फिजिक्स, केमेस्ट्री र बायो ल्याबको व्यवस्था पनि छ । कम्प्युटर साइन्स पढ्ने विद्यार्थीका लागि कम्प्युटर ल्यावको व्यवस्था पनि टेक्सास कलेजमा छ ।
टेक्सासबाटै कक्षा १२ परीक्षा दिएर बसिरहेकी इस्मोन राई टेक्सासमा विद्यार्थीका लागि पढ्ने वातावरण राम्रो रहेको बताउँछिन् । प्लसु टुपछि विदेश पढ्न जाने योजना बनाइरहेकी उनी टेक्सासमा प्लस टु गरिरहँदा किताबी ज्ञानसँगै अन्य बाह्य कुराको धेरै अनुभव बटुल्न पाएको अनुभव सुनाउँछिन् ।

इस्मोन राई ।
टेक्सास इन्टरनेसनल कलेजमा मन्टेस्वरीदेखि मास्टर्स डिग्रीसम्म पढाइ हुन्छ । यहाँ कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना गरिन्छ । विज्ञान, व्यवस्थापन, मानविकी र कानुनका विषयहरू पढाइ हुन्छ । यसका लागि ए, बी, सी र डी गरी चारवटा ब्लकहरू छन् । ब्लक डीमा बीएसडब्लुको पढाइ हुन्छ भने नर्सिङरुम पनि त्यो ब्लकमा छ । ब्लक सीमा व्यवस्थापनका विषयहरू पढाइ हुन्छ भने ल्याब पनि त्यही छ । त्यस्तै, ब्लक बीमा बीआईटीको पढाइहुन्छ भने दुईवटा ल्याबहरू पनि छन् । ब्लक एमा विज्ञान विषयमा पढाइ हुन्छ । कलेजभित्रै क्यान्टीनको व्यवस्था पनि छ ।

पढाइमात्र होइन, टेक्सासमा विद्यार्थीका लागि पर्याप्त खेल्ने ठाउँ पनि छ । जहाँ ब्याडमिन्टन, टेबल टेनिसदेखि लिएर बास्केटबल, फुटसललगायत विभिन्न खेलहरू खेल्ने ठाउँको व्यवस्था छ । यस्तै, स्कुभित्रका कार्यक्रमका लागि सेमिनार हलको पनि व्यवस्था छ । कलेजमा इन्टरकलेज फुटसल पनि भइरहन्छ भने अन्य खेलका लागि विद्यार्थीलाई बाहिर लगिन्छ ।
सबै विद्यार्थी भर्ना गर्नसक्ने अवस्था छैन
कक्षा ११ मा अध्ययनको लागि धेरैजसो विद्यार्थीले कलेज छनोट गरिसके पनि अझै धेरै विद्यार्थी कलेज खोजीमै लागिरहेका छन् । विशेषगरी, उपत्यका बाहिरबाट अध्ययनका लागि काठमाडौं आएकाहरू अहिले पनि विभिन्न कलेज भ्रमण गरिरहेका छन् । सरकारले कक्षा ११ को पढाइ असार १ गतेबाट सुरु गर्न भनेको छ । कलेजहरूले पनि विद्यार्थीहरू भर्ना गर्ने काम गरिरहेका छन् । टेक्सास कलेजले कक्षा ११ मा भर्ना हुन आउका सबै विद्यार्थीलाई भर्ना गर्न नसक्ने जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक श्यामसुन्दर श्रेष्ठ विद्यालयमा आउने सबै विद्यार्थीको भर्ना लिन नसकिने हो कि भन्ने अवस्थामा कलेज रहेको बताउँछन् । कलेजको भौतिक संरचनाको सीमितताका कारण धेरै विद्यार्थी भर्ना गर्न नसकिने उल्लेख गर्दै उनी यो कलेज विद्यार्थी र अभिभावकको आकर्षणको रूपमा रहेको बताए ।

प्रधानाध्यापक श्यामसुन्दर श्रेष्ठ ।
प्लस टुमा भर्ना हुन आउने विद्यार्थीको आकर्षण विज्ञान र व्यवस्थापनमा रहेको प्रधानाध्यापक श्रेष्ठ बताउँछन् । उनी यसको पछाडि कारण रहेको बताउँछन् ।
भन्छन्, ‘विज्ञान विषय पढिसकेपछि विद्यार्थीहरू मेडिकल, इन्जिनियरिङ क्षेत्रबाहेक अन्य जुनसुकै विषय पनि रोज्न सक्ने भएकाले आकर्षण बढेको हुनसक्छ भने अहिले विश्वमा नै व्यवस्थापन विषयमा आकर्षण बढेकाले यसको प्रभाव पनि हुन सक्छ ।’