काठमाडौं । भारत र रुसबीच बलियो बन्दै गएको व्यापारिक सम्बन्ध के अमेरिकालाई मन परिरहेको छैन ? रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको इशारा यतैतर्फ देखिएको छ । उनले एउटा कार्यक्रममा भारत र रुसबीच बलियो बन्दै गएको व्यापारिक सम्बन्धलाई लिएर अमेरिकाको तर्फबाट नयाँ दिल्लीमाथि दबाब सिर्जना भइरहेको बताएका छन् ।
यद्यपि यस क्रममा पुटिनको दृष्टिकोण भारतप्रति सकारात्मक देखियो र उनले भारतको रणनीतिक स्वायत्तताको खुलेर समर्थन पनि गरे । पुटिनले आगामी वर्षहरूमा भारत र रुसबीचको द्विपक्षीय व्यापार १०० अर्ब डलरको आँकडामा पुग्ने विश्वास व्यक्त गरे ।
रुसी राष्ट्रपतिले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको प्रशंसा गर्दै भारत आफ्नो स्वतन्त्र विदेश नीतिमा अडिग रहेको र कुनै पनि बाह्य दबाबका सामु नझुक्ने बताए ।
पुटिनले अमेरिकाले लगातार भारतलाई रुससँगको सहकार्य कम गर्न दबाब दिइरहेको तर यी प्रयासहरू कहिल्यै सफल नहुने दावी गरे ।
विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारत र प्रधानमन्त्री नरेन्द्र मोदीमाथि दबाब सिर्जना गर्नु अन्तर्राष्ट्रिय सम्बन्धका लागि हानिकारक छ भन्ने कुरा सबैले बुझिसकेको पुटिन बताउँछन् ।
पुटिनले अमेरिकासँग भारतको बढ्दो साझेदारीले रुससँगको उसको परम्परागत र दीर्घकालीन सम्बन्धमा कुनै असर नपरेको पनि दावी गरे ।
‘अमेरिका रुससँगको सहकार्यलाई लिएर भारतमाथि दबाब दिने प्रयास गरिरहेको छ। तर भारतले यस्ता प्रयासहरूको कडा प्रतिरोध गर्नेछ र ऊ झुक्ने छैन,’ पुटिनले भने ।
विश्वव्यापी रूपमा जारी भू–राजनीतिक तनावका बाबजुद पुटिनले रुस र भारतको आर्थिक सम्बन्ध आगामी दिनमा अझ तीव्र गतिमा बढ्ने बताए । उनले भारतीय अर्थव्यवस्थाको गतिको खुलेर प्रशंसा गरे ।
पुटिनका अनुसार भारत विश्वका प्रमुख अर्थव्यवस्थामा सामेल छ र वर्तमान समयमा आर्थिक विकासको एक प्रभावशाली र शानदार दर प्रदर्शन गरिरहेको छ । उनले भारतको यो आर्थिक सफलता अचानक प्राप्त नभएको बरु यो पीएम नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकारद्वारा गरिएको कडा परिश्रम र नीतिगत निर्णयहरूको परिणाम भएको बताए ।
दुई देशबीच बलियो बन्दै गएको कच्चा तेल, रासायनिक मल र कोइला व्यापारको बलमा पुटिनले चाँडै नै द्विपक्षीय व्यापारलाई १०० अर्ब डलर पुर्याउने आशा व्यक्त गरे ।
युक्रेन संकट र हालैका विश्वव्यापी घटनाक्रमपछि बढेको कूटनीतिक ध्रुवीकरणका बाबजुद भारतले रुस र अमेरिका दुवैसँगको आफ्नो सम्बन्धमा उत्कृष्ट सन्तुलन कायम राखेको छ ।
एकतर्फ भारतले अमेरिकासँग रणनीतिक साझेदारी बढाइरहेको छ भने अर्कोतर्फ राष्ट्रिय हितलाई सर्वोपरि राख्दै रुसबाट कच्चा तेलको आयात र ऊर्जा सहकार्यलाई रेकर्ड स्तरमा पुर्याएको छ । पुटिनको यो अभिव्यक्तिले यही भारतीय दृढतामाथि रुसको विश्वासलाई दर्शाउँछ ।
अन्य पठनीय सामग्रीहरू :
इजरायल र लेबनानबीच युद्धविरामको सहमति, के इरानसँग पनि सम्झौता होला ?
मध्यपूर्वको लामो युद्धले विश्व अर्थतन्त्र संकटमा, मन्दी र उच्च मुद्रास्फीतिको चेतावनी
चिप प्लान्ट बनाउन १.५ अर्ब डलर लगानी गर्दै सामसङ
इरान र अमेरिका युद्धविरामको सहमति नजिक
फरारीको पहिलो ईभी ‘लुचे’ सार्वजनिक, सेयर बजारमा गिरावट आउँदा ५.५ अर्ब डलर घाटा
तेल र ग्यास आपूर्ति सुरक्षित राख्न यूएई र कतारको ‘डार्क ट्रान्जिट’ रणनीति
अर्बपति वुओङको ७ अर्ब डलरको रहस्यमयी कारोबार
नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन
इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू
पौने दुई करोड डलर जरिवाना तिर्न अडानी समूह सहमत
इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति