काठमाडौं । सरकारले सुधन गुरुङलाई गृहमन्त्री तथा महावीर पुनलाई विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गरेको छ।
नवनियुक्त मन्त्रीद्वय राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्न शीतल निवास पुगेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।
सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्दै गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी तथा पुनलाई विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिएको हो ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा प्रविधि अभियन्ताका रूपमा परिचित पुनको मन्त्रिपरिषदमा प्रवेशलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रको विकाससँग जोडेर हेरिएको छ ।
त्यस्तै, गुरुङले गृह प्रशासन, शान्ति–सुरक्षा तथा सुशासनका क्षेत्रमा नेतृत्व गर्नेछन् । उनी दाेस्राे पटक गृहमन्त्री बन्न लागेका हुन् ।