काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहणसँगै मन्त्रिपरिषद्को वरीयताक्रम पनि निर्धारण गरिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथपछि सार्वजनिक गरिएको मन्त्रिपरिषद्को वरीयताक्रमअनुसार गृहमन्त्री गुरुङ पाँचौं र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री पुन आठौं स्थानमा रहेका छन् ।
शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री, सभामुख, मन्त्रीहरू, उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा-१ बाट निर्वाचित सांसद हुन् भने पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित सांसद हुन् ।
दुवै मन्त्रीका लागि यो सरकारमा दोस्रो कार्यकाल हो । गुरुङ यसअघि पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने पुनले अघिल्लो कार्यकालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व गरेका थिए ।
यस्ताे छ वरियता
