काठमाडौं । सेफ सन्तोष साह पक्राउ परेका छन् । २५ लाख र साढे ४ लाख रुपैयाँको चेक बाउन्स भएपछि उनी पक्राउ परेका हुन् ।
उनले शकुन्तला अधिकारी (थापा) लाई पटक-पटक दिएको रकमको चेक बाउन्स भएपछि पक्राउ परेका हुन् ।
काठमाडौं जिल्ला अदालतले साहलाई पक्राउ गर्न अनुमति दिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई धनुषाबाट पक्राउ गरेको एसएसपी सन्तोष खड्काले जानकारी दिए ।
शकुन्तला अधिकारी (थापा) को जाहेरीका आधारमा अदालतले पक्राउ अनुमति दिएपछि उनी पक्राउ परेका हुन् ।
साहले अधिकारीसँग दुई वर्षअघि नक्सालस्थित गैह्रीधाराको सिरहा होटल खरिद गरेका थिए । उक्त होटल २ करोड २५ लाख रुपैयाँमा खरिद गरिएको बताइएको छ, जहाँ हाल मिथिला थाली रेष्टुरेण्ट सञ्चालनमा रहेको छ ।
त्यसैगरी, ४८ वर्षीय दिलीप कुमार शाह, ४६ वर्षीय रामहित शाह र नारायण शाहविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।