अमेरिका–इरान सम्झौतापछि नेतान्याहूको चेतावनी– लडाइँ अझै सकिएको छैन

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प । फाइल तस्बिर ।

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लडाइँ अझै नसकिएको चेतावनी दिएका छन् । सोमबार जेरुसेलममा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

आफ्नो सरकारले इजरायललाई ‘पूर्ण रूपमा विनाश हुनबाट बचाएको’ दाबी उनको दावी छ ।

यद्यपि उनले इजरायल सतर्क रहनुपर्ने र आवश्यकता पर्दा आफ्नो रक्षा र बचाउ गर्नुपर्ने पनि बताए ।

नेतन्याहूको यो बयान यस्तो समयमा आएको हो, जब इजरायलमा अमेरिका–इरान सम्झौतालाई लिएर असन्तुष्टि र असहजता देखिइरहेको छ ।

यस सम्झौताको घोषणापछि इजरायलका राष्ट्रिय सुरक्षामन्त्री एवं कट्टर दक्षिणपन्थी नेता इतामार बेन–ग्विरले उनको देश यो सम्झौता मान्न बाध्य नरहेको बताएका छन् ।

त्यस्तै, इजरायली रक्षामन्त्री इजरायल कात्जले भने, ‘प्रधानमन्त्री बिन्यामिन नेतन्याहू र म एउटा स्पष्ट नीतिमा काम गरिरहेका छौं, जसअन्तर्गत इजरायली सेना लेबनान, सिरिया र गाजाको बफर जोनमा अनिश्चितकालसम्म रहनेछ ।’

नेतन्याहूले पत्रकार सम्मेलनमा इजरायल आफ्नो सुरक्षाका लागि जबसम्म आवश्यक पर्छ, तबसम्म सेक्युरिटी जोन (सुरक्षा क्षेत्र) मा रहने कुरा पनि दोहोर्याए ।

नेतन्याहूले केही मामिलामा आफ्नो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विचार नमिल्ने भए पनि आफूले इजरायलको हितको रक्षा गर्ने बताए ।

उनले जब–जब आवश्यकता पर्छ तब आफू इजरायलको हितका लागि दृढतापूर्वक उभिने स्पष्ट पारे ।

नेतन्याहूले उत्तरी इजरायलका बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताए । उत्तरी इजरायलको सीमा लेबनानसँग जोडिन्छ ।

Share News