जोर्डनविरुद्ध अस्ट्रियाको जीत

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘जे’ मा अस्ट्रियाले जोर्डनलाई पराजित गर्दै जीत निकालेको छ ।

अस्ट्रियाले जोर्डनलाई ३–१ ले हराएको हो ।

सान फान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा रोमानो स्चमिडले गोल गर्दै अस्ट्रियालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५० औं मिनेटमा अलि ओलवानले गोल गर्दै जोर्डनलाई १–१ को बराबरमा ल्याए ।
खेलको ७६ औं मिनेटमा जोर्डनका याजन अल– अरबले आत्मघाती गोल गरे ।

दोस्रो हाफको इन्ज्युरी समयमा मार्को अर्नौटोभिकको गोल गरे । यससँगै अस्ट्रियाले जोर्डनविरुद्ध सहज ३–१ को जित निकाल्यो ।

Share News