सुलभ अग्रवाल र दीपक भट्टलाई जेल पठाउन अदालतको आदेश

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा आरोपित सुलभ अग्रवाल र दीपक भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि दुवै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

यसअघि प्रहरीले दीपक भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो ।

Share News