एप्पलका उत्पादनहरूको मूल्य बढ्नसक्छ : सीईओ टिम कुक

काठमाडौं । एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढाउने भएको छ। कम्पनीका सीईओ टिम कुकले अब मूल्यलाई यथावत् राख्न गाह्रो भइरहेको बताउँदै मूल्इ बढ्नसक्ने बताएका हुन् ।

द वाल स्ट्रिट जर्नललाई दिएको अन्तर्वार्तामा टिम कुकले मेमोरी चिप्सको लागत धेरै बढेका कारण कम्पनीका लागि आफ्ना उत्पादनहरूको मूल्य वृद्धि टार्न मुस्किल हुँदै गइरहेको जानकारी दिए ।

यद्यपि उनले मूल्य कहिले बढ्छ वा कुन–कुन उत्पादनहरूमा यसको असर पर्छ भन्ने कुरा भने खुलाएनन्। । आगामी सेप्टेम्बरमा आउने आइफोन १८ यो मूल्यवृद्धिबाट प्रभावित हुन्छ अथवा हुँदैन भन्ने कुरा पनि स्पष्ट भइसकेको छैन ।

मेमोरी चिप्स स्मार्ट डिभाइसहरूका लागि अत्यावश्यक हिस्सा हुन्, तर पछिल्ला महिनाहरूमा कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासका कारण यिनीहरूको मूल्य बढेको छ ।

डाटा सेन्टर र एआई सिस्टमहरूलाई धेरै ठूलो परिमाणमा मेमोरी आवश्यक पर्छ, जसले गर्दा बजारमा मेमोरी चिप्सको आपूर्ति कम हुन पुग्यो र मूल्य तीव्र रूपमा आकासिएको हो ।

Share News