सेयर कारोबारी थिए पौडेल, घरमा छापा

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सेयर कारोबार गर्ने गरेको खुलेको छ । सम्पत्ति शुद्धीकरण विभागको टोलीले सोमबार उनको घरमा छापा मार्दा उनले सेयर कारोबार गर्ने गरेको खुलेको स्रोतको दाबी छ । 

पौडेललाई प्रहरीले पक्राउ गर्नुअघि उनको ललितपुर भैंसेपाटीमा रहेको घरमा छापा मारेको स्रोतले जनाएको छ ।

विभाग स्रोतका अनुसार पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो । 

उनलाई सुर्खेतको शुभ होटलबाट उनलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख जयराज सापकोटाले विकासन्युजलाई जानकारी दिए ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए ।

‘काठमाडौं पठाउने तयारी भइरहेको छ । आज या भोलि पठाउने भनेर फाइनल भने भइसकेको छैन,’ सापकोटाले भने ।

Share News