काठमाडौं । बालबालिकासम्बन्धी कसुरमा एक होटल व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको खैरहहनी नगरपालिका–१० का ३५ वर्षीय विकासकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
श्रेष्ठले आफ्नो होटल नमस्ते मिलिजुली खाजा घरमा काम गर्ने १७ वर्षीया बालिकामाथि यौनजन्य क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको हो ।
श्रेष्ठले बालिकालाई शारीरिक सम्बन्ध कायम राख्नका लागि ५० हजार रुपैयाँ दिन्छु भन्दै प्रलोभन देखाएका थिए ।
उनले बालिकाको संवेदनशील अङ्गहरू छुने, बालिकाको ह्वाट्सप, इन्सटाग्रामलगायत सामाजिक सञ्जालमा सन्देश तथा भिडियो पठाउने गरेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवले जानकारी दिए ।
श्रेष्ठलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।