काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र सिंह विष्टलाई पुनर्नियुक्त गरेको छ ।
कम्पनीको सञ्चालक समितिको ५७६औं बैठकले विष्टलाई दोस्रो कार्यकालका लागि सीईओमा पुनर्नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार विष्टको साउन ९ गतेदेखि २०८७ साउन ८ गतेसम्म लागू हुने गरी चार वर्षका लागि पुनर्नियुक्त गरिएको छ ।