नेपाल लाइफमा कामु सीईओको जिम्मेवारी अमितकुमार कयाललाई

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कामु सीईओमा अमितकुमार कयाल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिले कयाललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । कयाल हाल कम्पनी नायब सीईओका रूपमा कार्यरत छन् ।

कम्पनीका सीईओ प्रवीणरमण पराजुली केही समयका लागि विदामा बस्ने भएकाले कम्पनीको दैनिक प्रशासकीय एवं अन्य आवश्यक व्यवस्थापकीय कार्यहरू गर्न कयाललाई कामु सीईओ जिम्मेवारी दिने निर्णय सञ्चालक समितिले गरेको हो ।

कामु सीईओको जिम्मेवारी कयालले साउन ४ गतेदेखि साउन २८ गतेसम्म कम्पनीको जिम्वेवारी सम्हाल्ने कम्पनीले जनाएको छ ।

Share News