काठमाडौं । रुकुमपूर्व केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आइतबार अपराह्न ४ बजेर ३० मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का रुकुमपूर्वसहित आसपासका जिल्लामा समेत महसुस गरिएको छ । क्षतिको विवरण प्राप्त भएको छैन ।