काठमाडौं । नेपालमा सोमबार (भोलि) १ हजार २५० मेट्रिक टन डिएपि मल आइपुग्ने भएको छ ।
ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डिएपि. मल भारतको कोलकात्ता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो ।
सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल भोलि ४ गते नेपाल आईपुग्ने छ ।
बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को काम भइरहेको छ ।
प्याकेजिङ सम्पन्न भएसँगै आइतबार (आज) अर्को एक रेक वीरगञ्ज चलान भएको छ । बाँकी क्रमशः नेपाल भित्रिने छ ।
त्यस्तै, ३० हजार मेट्रिक टन युरिया मल समेत कलकत्तामा आइपुगेको र हाल अनलोडिङ र ब्यागिङ भइरहेको हुँदा भोलि एक रेक वीरगञ्जका लागि लोडिङ गर्ने तयारी भइरहेको कृषि सामग्री कम्पनीबाट जानकारी प्राप्त भएको छ ।