नेपाली बजारमा प्रोटोनको नयाँ इलेक्ट्रीक ह्याचब्याक इमास फाइभ सार्वजनिक, मूल्य ३२ लाख ९९ हजार

मूल्य सार्वजनिक हुनुअघि नै ७९ वटा बुकिङ

काठमाडौं । नेपाली बजारमा मलेसियन ब्राण्ड प्रोटोनको नयाँ इलेक्ट्रीक ह्याचब्याक कार इमास फाइभ सार्वजनिक भएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले सोमबार (आज) देखि यसको औपचारिक बिक्री सुरु गरेको हो । 

कम्पनीले प्रोटोन इमास फाइभलाई दुईवटा भेरियन्टमा उपलब्ध गराएको छ । जसअनुसार प्राइम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकेको छ । तर पहिलो १०० ग्राहकका लागि विशेष अफर स्वरूप २९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराइने बताएको छ । 

त्यसैगरी प्रिमियम भेरियन्टको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने पहिलो १०० ग्राहकले यसलाई ३४ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् ।

जिलीले चीनमा उत्पादन गरेको ‘जिङयुआन’ मोडललाई नै प्रोटोनले रिब्याचिङ गरेर यो नयाँ इमास फाइभ बजारमा ल्याएको हो ।

प्रोटोन इमास फाइभको प्राइम भेरियन्टमा ५८ किलोवाटको इलेक्ट्रीक मोटर र ३०.१२ किलोवाट आवरको ब्याट्रीप्याक जडान गरिएको छ । जसले १३० न्युटन मिटर टर्क प्रदान गर्नुका साथै एकपटकको फुलचार्जमा २२५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । 

कम्पनीका अनुसार यसको प्रिमियम भेरियन्टमा ८५ किलोवाटको मोटर र ४०.१६ किलोवाट आवरको ठूलो ब्याट्री छ । जसले १५० न्युटन मिटर टर्कका साथै सिंगल चार्जमा ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छ । 

रियर ह्वील ड्राइभ सिस्टम भएको यस गाडीको लम्बाई ४१३५ एमएम, चौडाई १८०५ एमएम, उचाइ १५७० एमएम र ह्वीलबेस २६५० एमएम रहेको छ ।

आकर्षक इन्टेरियर डिजाइन गरिएको यस ह्याचब्याकमा ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर, मल्टिफंशनल स्टेरिङ ह्वील, र भेरियन्ट अनुसार १०.१ तथा १४.६ इन्चको इन्फोटेनमेन्ट स्क्रीन जस्ता आधुनिक सुविधाहरू उपलब्ध
कम्पनी रहेको भनाइ छ । 

यसका साथै हाइकार कनेक्सन, ५० वाटको वायरलेस चार्जर, २५६ कलर भेरियशन सहितको एम्बियन्ट लाइट र किलेस इन्ट्रीजस्ता फिचरले गाडीलाई प्रविधिमैत्री बनाएको छ । 

सुरक्षाका दृष्टिकोणले ६ वटा एयरब्याग, आधुनिक एडास फिचर र ३६० डिग्री क्यामेरा राखिएको यो गाडीको टर्निङ रेडियस मात्र ४.९५ मिटर रहेकाले व्यस्त सहरी क्षेत्रमा चलाउन निकै सहज र उपयुक्त हुने देखिन्छ ।

कार्यक्रममा जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले गाडीको मूल्य सार्वजनिक हुनुअघि नै ७९ जना ग्राहकले यसलाई बुकिङ गरिसकेको जानकारी दिए । यसले नेपाली बजारमा यो गाडीप्रति उच्च आकर्षण रहेको उनको भनाइ छ । 

यस्तै, कार्यक्रममा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘हामीले नेपाली ग्राहकका लागि विश्वस्तरीय प्रविधि र सुविधासम्पन्न सवारी साधन भित्र्याउने लक्ष्य राखेका छौं । प्रोटोन इमास ५ ले नेपाली सडकमा विद्युतीय सवारीको अनुभवलाई नयाँ उचाइमा पु¥याउनेछ ।’ 

null

यस्तै, कार्यक्रममा बोल्दै कम्पनीकी निर्देशक दीपा अग्रवालले नेपालमा इन्टेलिजेन्ट र सस्टेनेबल मोबिलिटीको नयाँ युग सुरु भएको बताइन् । 

उनले जगदम्बा मोटर्स र मलेसियाको प्रोटोन इन्टरनेशनल कर्पोरेसन बीचको यो साझेदारीले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय प्रविधि र सुरक्षाको अनुभूति गराउने विश्वास व्यक्त गरिन् । 

प्रोटोनले नेपालमा केवल सवारी साधन मात्र नभई आधुनिक र वातावरणमैत्री यातायातको समाधान ल्याउने लक्ष्य राखेको उनको भनाइ छ ।

null

उनका अनुसार विशेष गरी विद्युतीय सवारी साधन र दिगो विकासलाई कम्पनीले आफ्नो प्राथमिकतामा राखेको छ ।

शंकर ग्रुप अन्तर्गतको यो कम्पनीको को ७० वर्षभन्दा लामो व्यापारिक विरासत र अनुभवले प्रोटोन ब्रान्डलाई नेपालकै सबैभन्दा भरपर्दो अटोमोबाइल ब्रान्ड बनाउन मद्दत पुग्ने उनको दाबी छ । 

प्रोटोन इमास फाइभमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ । यसमा रहेको ब्याट्रीलाई फास्ट चार्जरको माध्यमबाट मात्र २० मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । 

गाडीमा सुरक्षित यात्राका लागि इन्डिपेन्डेन्ट मल्टिलिंक सस्पेन्सन, प्रिमियम इन्टेरियर र फराकिलो स्पेस रहेको छ । विश्व बजारमा यो मोडेल निकै सफल मानिन्छ र पछिल्लो १६/१७ महिनामा करिब ८ लाख युनिट बिक्री भइसकेको कम्पनीको दाबी छ ।

सार्वजनिक कार्यक्रममा मलेसियाली दूतावासका चान्सरी प्रमुख मोहम्मद बुखारी बिन मुस्तफा, प्रोटोन इन्टरनेशनलका डेपुटी डाइरेक्टर ली झि डान लगायत अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । 

null

नेपालमा विद्युतीय सवारी साधनको बढ्दो मागलाई सम्बोधन गर्न यो गाडी एक किफायती र शक्तिशाली विकल्प हुने कम्पनीको दाबी छ । जगदम्बा मोटर्सले देशभर रहेका आफ्ना डिलर नेटवर्कमार्फत यसको बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने जनाएको छ ।

Share News