राष्ट्रिय वाणिज्य बैंकको डीसीईओ बने पवन रेग्मी, डीईओमा श्रेष्ठ र घिमिरे

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा पवन रेग्मी बढुवा भएका छन् । बैंकको सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले तह ११ मा कार्यरत उप–कार्यकारी अधिकृत (डीईओ) पवन रेग्मीलाई तह १२ को डीसीईओ पदमा बढुवा गरिएको जनाएको छ । 

अर्थशास्त्रमा एमफिल तथा एमबिएस गरेका रेग्मी २०६२ देखि हालसम्म बैंकको विभागीय प्रमुख तथा शाखा कार्यालयहरु लगायत उच्च ब्यवस्थापकिय तहमा रहि कार्य गरेको अनुभव छ । 

यस्तै, सञ्चालक समितिको साउन ३० गते बसेको बैठकको निर्णयअनुसार तह १० मा कार्यरत मुख्य प्रबन्धक (लेखा) निम्बल श्रेष्ठ र मुख्य प्रबन्धक भीमप्रसाद घिमिरेलाई तह ११ को उप–कार्यकारी अधिकृत पदमा बढुवा गरिएको बैंकले जनाएको छ ।

Share News